नेपालगञ्ज : अवैध लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका–८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादव पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
2024-10-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार