रोल्पा : रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने वर्ष २९ का आयुष गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सहिदमार्ग सडक खण्डअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ दुई खोलीमा ना १ क ६९६८ नम्बरको सिमेन्ट बोकेको टेलर बाटोदेखि एक सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
टेलरका चालक परिर्वतन गाउँपालिका वडा –२ का वर्ष ३० का कृष्णप्रसाद डाँगी गम्भीर घाइते भएका छन् । घाइतेको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
2025-04-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार