नेपालगञ्ज : बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
आज विहान साढे ११ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम सौरीमा बागमती प्रदेश ०१–०६ ख ३५९३ नम्बरको बसको ठक्करबाट भे ९ प ६४२८ नम्बरको मोटरसाइकलमा पछाडि सवार राप्तीसोनारी–९ का ३२ बर्षीय सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक ३७ बर्षीय हिरा सिंह वली गम्भीर घाइते भएका छन् । वलीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । पूर्वतर्फ जाँदै गर्दा बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
2025-05-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार