बर्दिया : बर्दिया प्रहरीले कैदसजाय पाएका फरार अभियुक्तलाई समात्ने अभियाननै चलाएको छ । प्रहरीले आठ महिनामा विभिन्न अपराधमा फरार १ सय ३८ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा चोरी, जबरजस्ती करणी, चेक अनादर लगायतका फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतको आदेशले कारागार चलान गरेको जनाएको छ ।
यस अवधिमा २ सय १६ जना हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिको प्रहरीले खोजतलास गरी १ सय ९७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।
उनका अनुसार अझै १९ जनाको खोजी भइरहेको छ । आठ महिनामा प्रहरीले ३० जनालाई भन्सार छलेर ल्याएको १ करोड २२ लाख बढीको सामानसहित भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा प्रहरीले गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा अति संवेदनशील क्षेत्रको २४ ठाउँमा सीसी क्यामेरासमेत जडान गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार