Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा दुई युवक पक्राउ

नेपालगञ्ज : बाँके खजुरा क्षेत्रबाटप्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका–२ रिमझिम चोकबाट ४१० मिलिग्राम  ब्राउनसुगरसहित २ जनालाई खजुरा गाउँपालिका–२ मा डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

बाँके जिल्ला अदालतबाट आज म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया