Listen LIVE

१० वर्षीया एन्जलले लगाएको सुन लुट्नलाई समीरले गरेका थिए हत्या

बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई सार्वजनिक गरेको छ ।

बर्दिया प्रहरीले हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवालाई सार्वजनिक गरेको हो ।

बर्दिया प्रमुख एसपी सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए ।

घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले  बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको  छ । 

माछा मार्न स्थानीय गेरुवा –५ मुलपानीको गुडिखोला किनारमा बसिरहेका सुनारले असोज १७ गते दिउँसो साइकलमा आइरहेकी एन्जलाले दुईवटा कानमा लगाएका एकएक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्री देखेपछि एकाएक ती लुट्ने मनसाय बनेको प्रहरीले बताएको छ ।

गहना लुट्ने क्रममा बालिका चिच्याउँदै प्रहरी र घर समाजमा भनिदिने चेतावनी दिन थालेपछि आँफु जोगिन बालिकाको मुख र घाँटी अठ्याएर हत्या गरेको साबिति बयान सुनारले प्रहरी समक्ष गरेका छन् ।

हत्यापछि समिरले एन्जलाले प्रयोग गरेको साइकल पानीमा, चप्पल झाडीमा फेला परेका थिए । त्यसको दुई दिन पछि एन्जलको लास गुडिखोला किनारमा बालुवामा गाडेको अवस्थामा फेला परेको थियो ।

असोज २१ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको इन्स्पेक्टर नवीन चापागाईंको टोलीले तिरुवालाई पक्राउ गर्न सफल भएको थियो । उनको बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर आबश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

एन्जल सानीआमासँग बुटवलमा बसेर अध्ययन गरिरहेकी थिइन् । कक्षा ४ मा अध्ययनरत उनी दसैं मनाउन सानीआमासँगै बर्दियास्थित घरमा आएकी थिइन् । गेरूवा – ३ गणेशपुरस्थित ठूली आमाको छोरा काका नाता पर्ने बलबहादुर रोकायाको १८ गते बिहे थियो । एन्जल बिहे घरबाट कपडा लिन भनेर साइकलमा घरतर्फ जाँदै गर्दा उनको हत्या भएको थियो ।

प्रतिक्रिया