Listen LIVE

नेपालगञ्जमा बजार अनुगमन, मिठाई पसललाई ५५ हजार जरिवाना

नेपालगञ्ज : नेपालगञ्जमा मिठाई पसललाई ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य मिठाई बेच्ने ५ वटा पसललाई जरिवाना गरेको हो । 

अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०–१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए । त्यसक्रमा १६ हजार ७ सय मूल्य बराबरको मिठाई पनि नष्ट गरिएको खत्रीले बताए । 

चाडबाडको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो तथा नियमित अनुगमनका क्रममा सामान्य कैफियत देखिएका पसललाई सचेत समेत बनाइएको खत्रीको भनाई छ । अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोलीको सहभागिता थियो ।

प्रतिक्रिया