Listen LIVE

बाँकेको गनापुरमा बस दुर्घटना, २ जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगञ्ज आउँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगञ्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।

घाइतेहरु मध्य २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिनसकेको उनले बताए ।

बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया