Listen LIVE

एनिमल नेपालद्वारा नेपालगञ्जलाई ‘एनिमल एम्बुलेन्स’ प्रदान

नेपालगञ्ज : एनिमल नेपालले नेपालगञ्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले नगर प्रमुख प्रशान्त विष्टलाई एम्बुलेन्स हस्तान्तरण गरेको पशु शाखा प्रमुख अच्युत गौतमले जानकारी दिए । दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरहरुलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने गौतमले बताए ।

एम्बुलेन्स ग्रहण गर्दै नगर प्रमुख प्रशान्त विष्टले यसको अधिकतम् उपयोग गरिने बताए । उनले पशुको उद्धार र ब्यवस्थापनमा ‘एनिमल एम्बुलेन्स’ले सजिलो बनाउने विश्वास ब्यक्त गरे । एनिमल एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, पशु शाखाका पशु चिकित्सक डा. आशिष थारु, एनिमल नेपालका डा. अतिश यादव, डा. सजना थापा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया