नेपालगञ्ज : बाँके प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पुष्पलालचोकबाट एक सय ५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्ज–२२ का राजेन्द्रकुमार गोडिया, नेपालगञ्ज–५ का यमुजीव खान र नेपालगञ्ज–८ का मोहिद अन्सारीलाई पक्राउ गरेको हो।
गोडियाले डोर्याएको साइकलको ह्याण्डलमा झुन्ड्याएको प्लास्टिकभित्र टिफिनको बट्टामा ब्राउनसुगर राखिएको थियो।
प्रहरीले नेपालगञ्जमा कारोबार गर्न ब्राउनसुगर ल्याएको आशंका गर्दै किनबेचमा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ।
2024-12-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार