बर्दिया : सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–५ बिन्द्राकी १६ वर्षीया मिना परियारको सर्पको डसाइबाट शुक्रबार बिहान मृत्यु भएको हो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भइसकेको बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले बताए ।
राति सुतेको बेला सर्पले डसेको गेरुवा गाउँपालिका–५ का वडा अध्यक्ष धर्मप्रकाश थारुले बताए । उनले भने, ‘राति सर्पले कहिले डसेको थाहा भएन, शुक्रबार बिहान साढे तीन बजे थाहा पाएपछि उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो । बिहान खोज्दा युवती सुतेको खाटमा करेत सर्प फेला परेको हो ।’
2025-08-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार