नेपालगञ्ज : जानकी गाउँपालिका बाँकेमा २०८१ को एसईई परीक्षामा प्रथम हुन सफल शिवपुरी माविलाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल वडा नम्बर १ स्थित शिवपुरी माविलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
यस्तै सामुदायिक विद्यालयमध्ये द्वितीय हुन सफल नेरा मावि भाटनपुर्वालाई रु. २ लाख र संस्थागत विद्यालयतर्फ शतप्रतिशत नतिजा प्राप्त गर्ने बाल विकास ई. मि. स्कुल, ब्राइटस्टार ई. मि. स्कुल र जनसेवा ई. मि. स्कुललाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
यसैगरी केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कवड्डीतर्फ द्वितीय स्थान प्राप्त गर्न सफल खिमराज खत्री र एथलेटिक्सतर्फ १०० मि. र २०० मि. दौडमा द्वितीय स्थान प्राप्त गर्न सफल आरुसी भट्टराईलाई जनही रु. १०/१० हजार रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका शाखागत प्रमुखहरु, कर्मचारी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार