नेपालगञ्ज : बाँकेका बिभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाईएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनि १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०८१–०८२ को मंसिर मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको उल्लेख गरेर परेका उजुरीमध्ये ६१ वटा उजुरीको छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनामा बाँकेका परेका उजुरीमध्ये ४१ वटा फस्र्यौट गरिसकिएको र ६१ वटाको छानविन भइरहेको बताए ।
उनले अघिल्लो आर्थिक वर्षबाट सरेर आएको समेत गरी १०२ वटा भ्रष्टाचारका उजुरी पुगेकोमा हालसम्म ४१ वटा फस्र्यौट गरिएको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार