खजुरा (बाँके) : खजुरा गाउँपालिका सूचना प्रविधि शाखाको आयोजना र लाइकमाइन्डससंगको सहकार्यमा खजुरामा डिजिटल साक्षरता तथा साईबर सुरक्षा सम्बन्धी सञ्चालन गरिएको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबारदेखि सुरु भएको अभिमुखिकरणमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिव, स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको सूचना प्रविधि शाखा प्रमुख सुरेश साहुले जानकारी दिए । डिजिटल प्रविधिको सही सदुपयोग गर्न यसको ज्ञान लिन अति आवश्यक रहेकोले अभिमुखिकरण कार्यक्रम गरिएको शाखा प्रमुख साहुले बताए । अभिमुखिकरणमा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगका बारेमा समेत चर्चा गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अहिलेको युग भनेको डिजिटल युग भएकाले यसको रफ्तारमा काम गर्न निर्देशन दिए । पालिका पूर्ण रुपमा डिजिटल पालिका सञ्चालन गर्न आवश्यक तयारी भइसकेको उल्लेख गरे । अध्यक्ष विकले खजुराको विद्यालयहरूमा डिजिटल रुपमा अध्ययन अध्यापन गराउन सम्बन्धित शाखालाई निर्देशन दिएका छन् ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले डिजिटल साक्षरता अतिनै आवश्यक रहेको बताइन् । उनले स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीले डिजिटल साक्षरता सम्बन्धी ज्ञान लिन अति जरुरी रहेको उल्लेख गरिन् । उपाध्यक्ष मल्लले साईबर सुरक्षा नअपनाउदा धेरै समस्यामा पर्ने भएकाले यस सम्बन्धी चनाखो हुनु जरुरी रहेको समापन कार्यक्रमा उनले बताइन् ।
साईबर सुरक्षा नपनाउँदा विभिन्न आइपर्ने समस्या र यसले निम्ताएको स्थितिलाई नियन्त्रणमा ल्याउन नसक्दा ठूलो नोक्सानी बेहोर्न परिरहेको कार्यक्रममा जोड दिइएको थियो ।
लुम्बिनी प्राविधिक विश्व विद्यालयका रजिष्टार रेग बहादुर भण्डारी, टेक्नोप्वाइन्ट नेपालगन्जका आइटी इन्जिनियर शिरिषराज शर्मा, जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सिबा थापाले अभिमुखिकणमा सहजीकरण गरिरहेको लाइक माइन्डसका प्रबन्ध निर्देशक शिशिर नारायण श्रेष्ठले बताए । यसअघि खजुरामा १६ वटा सामुदायिक विद्यालयहरूमा अभिमुखिकण गरिसकेको शाखा प्रमुख साहुले जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार