दाङ : दाङमा रुखको हाँगाले सवारी साधनमा क्षति गरेको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा बरको रुख ढलेर सडक छेउमा पार्किङ गरेर राखेको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान ११ बजेतिर कुइरेपानी चोकमा पार्किङ गरेर राखेको समयमा बरको रुखले गाडी र मोटरसाइकलमा क्षति पुर्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए । उनका अनुसार गाडी र मोटरसाइकलमा मानिस नहुँदा मानवीय क्षति भने हुन पाएन ।
रुख ढलेर अवरुद्ध बनेको घोराही–लमही सडक केही समयमै सञ्चालन भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
2025-06-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार