Listen LIVE

संविधान दिवसमा मानव सेवा आश्रमलाई बाँके कांंग्रेसको सहयोग

नेपालगञ्ज : संविधान दिवसको अवसरमा नेपाली कांंग्रेस बाँकेले शुक्रबार खाद्यान्न सहयोग गरेको छ । मानव सेवा आश्रम नेपालगञ्जलाई खाद्यान्न सहयोग गरिएको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद एवम संविधान सभा सदस्य बादशाह कुर्मी, जिल्ला उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, पुर्ब जिल्ला उपसभापति सुनिलसिंह हमाल, जिल्लाका पार्टी पदाधिकारी, भात्री तथा शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारी लगायतको उपस्थिती रहेको पार्टीका प्रेस सल्लाहकार निरज गौतमले जानकारी दिए ।

सो क्रममा केही थान मास्क र ग्लोब्स पनि आश्रमलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताले नेपालको संविधान २०७२ जारी गर्नमा नेपाली कांग्रेसका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको योगदानलाई कसैले बिर्सन नहुनेमा जोड दिए । संविधान जारी गर्नमा स्वर्गिय कोइरालाले पार्टीभन्दा माथि उठेर सबैको प्रतिनिधित्व गराएको बताए ।

प्रतिक्रिया