दाङ : तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको साथमा रहेको कागजमा वीरेन्द्रनगर नगरपालिका १२ का ४० वर्षिय सीता पोख्रेल लेखिएको छ ।
उक्त पोलिक्लिनिकको कागज हेर्दा महिलाको ठेगाना सुर्खेत हुनसक्ने अनुमान गरिएको छ । तुलसीपुर–३ राम्रीस्थित भित्री कच्ची सडकमा शनिबार बिहान उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय मिलन घर्तीका अनुसार घटना गएरातिको हुनसक्ने अनुमान गरिएको छ । अहिले प्रहरी चौकी गोटिखोलाको प्रहरीले घटनास्थल सुरक्षीत राखेको छ । मृतकका आफन्तलाई सम्पर्क गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोजराज खत्रीले बताए ।
अहिलेसम्म आफन्त कोही पनि सम्पर्कमा नआएको भन्दै उनले केही समयसम्म आफन्तसँग सम्पर्क हुन नसकेपछि प्रहरीले प्रक्रिया अघि बढाएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार