धनगढी : कैलालीको धनगढीबाट प्रहरीले ३६ किलो लागू औषध चरेश बरामद गरेको छ ।
प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ५ लब्लीचौकबाट ३६ किलो ६६२ ग्राम चरेश बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले बताए ।
वडा प्रहरी कार्यालयबाट खटिगएको टोलीले मोटरसाईकलमा ल्याउँदै गरेको अवस्था उक्त चरेश बरामद गरेको उनले बताए । चेकजाँच गर्न खोज्दा प्लाष्टिक भित्र राखेको चरेश फालेर दुवै जना फरार भएको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
2024-11-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार