बुटवल : रुपन्देहीको बुटवलमा आमा र दुई छोरीको बीभत्स हत्या भएको छ। बुटवल उपमहानगरपालिका –११ होराइजन चोक नजिक २७ वर्षीया महिला दीपा बस्याल र उनका दुई छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा २७ वर्षीया आमा र ४ र ७ वर्षका ती बालिकाको घाँटी अँठ्याएर हत्या गरिएको देखिएको छ।
प्रहरीले घटनामा संलग्न रहेका दीपाका पूर्वपति ३२ वर्षीय सुजन कोइरालालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर आज बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।
रुपन्देही प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजनले आफ्नै दाजुको हत्या गरेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए । प्रहरीले नियन्त्रणमा लिइएका सुजनसँग थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार