Listen LIVE

ठुलो परिमाणको लागुऔषधसहित दुई नेपाली रुपईडिहामा पक्राउ

नेपालगञ्ज : ठुलो परिमाणको लागुऔषधसहित दुई नेपाली सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेका छन् । 

रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ का ५० वर्षीय बरीलाल घर्ती र ३९ वर्षीया नरमाया घर्ती २ किलो १ सय ६० ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका हुन् । बरीलाल र नरमाया पति–पत्नि हुन् । 

रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिँहको नेतृत्वमा रहेको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । 

अफिमसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चालान गरिएको रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।

प्रतिक्रिया