Listen LIVE

नेपालगञ्जमा दुई जना पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले दुई फरक कारबाहीमा अबैध सामानसहित एक जनालाई पक्राउ गरी भन्सार पठाएको र फरार अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ स्थित क्षेत्रमा अबैधरुपमा भन्सार छलि ल्याइएका कपडासहित एक जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाबाट कुर्ता सुरुवाल १२ पिस, लेडिज लुङ्गी ८८ पिस, र मोटरसाइकल समेत गरी करिब रु. १,२५,६०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको हो ।

त्यस्तै, कोहलपुर नगरपालिका–१० चट्टार बस्ने १८ वर्षीय पुरन थारुलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले मिति २०८०।११।२४ गते ३ महिना ९ दिन कैद र रु. ३,३३४ जरिवानाको फैसला गरेको थियो । फरार रहेका थारुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त दुबै घटनाबारे जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले कानून विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताए ।

प्रतिक्रिया