नेपालगञ्ज : असोज ३ गते अर्थात् संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन हुने भएको छ ।
सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारले शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
२०७२ बैशाख ११ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरी स्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुई वटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।
भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन तीन वर्षअघि २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार