Listen LIVE

एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका विद्यार्थीलाई सम्मान

नेपालगञ्ज : आदर्श माध्यमिक विद्यालयले एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान गर्दै नगर परिक्रमा गरएको छ । नेपालगञ्ज–१० सुर्खेतरोडस्थित विद्यालय परिसरमा आज आयोजित एक कार्यक्रमका बीच दुबै जना विद्यार्थीलाई सम्मान गर्दै नगर परिक्रमा गराएको हो । आदर्शबाट कक्षा १२ उत्तीर्ण गरेका नेपालगञ्जका आदित्य शाह र बर्दियाका मोहन क्षेत्रीलाई विद्यालयले सम्मान गर्दै नगर परिक्रमा गराएको प्राचार्य महेश्वर जोशीले बताए ।

विद्यालयका अध्यक्ष सञ्जय थापा, चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेल लगायतले शाह र क्षेत्रीलाई सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । त्यसक्रममा अध्यक्ष थापा, चिफ डाइरेक्टर पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले दुबै जनालाई बधाई ज्ञापन गर्दै उज्वल भविष्यको शुभकामना ब्यक्त गरे । आफ्नो लक्ष्य पूरा गर्दै विद्यालयको नाम रोशन गरेको भन्दै आदर्श परिवारले खुसी ब्यक्त गरेको छ ।

विद्यालयका सहप्राचार्य टंक प्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल शाह र क्षेत्रीले निरन्तरको मेहनत र लगाबले सफलता मिलेको बताए ।

प्रतिक्रिया