Listen LIVE

भारतबाट फर्किंदै गरेका एक नेपाली रुपईडिहामा मृत फेला

नेपालगञ्ज : भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगञ्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।

बिहारबाट रुपईडिहाका लागि हिँडेका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । डीएसपी पातलीले उनको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको जानकारी दिए ।

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारतका रुपईडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपईडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेको र उनलाई जानकारी गराएर नजिकका आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी पातलीले बताए ।

प्रतिक्रिया