नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले आज आफ्नो १३५औं स्थापना दिवस मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा एवम् प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा अस्पतालले आफ्नो स्थापना दिवस मनाएको हो ।
त्यसक्रममा प्रतिनिधि सभा सदस्य राठौरले भेरी अस्पताल यसक्षेत्रकै पहिचान बोकेको अस्पतालका रुपमा रहेको बताए । उनले अस्पतालले ऐतिहासिक १३६ वर्ष प्रवेश गरेकोमा बधाइ समेत दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतिकरण गरेका थिए ।
उक्त कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माया पुन, मिना सिद्दिकी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सेवा निवृत्त पूर्व मेसुहरु, २५ वर्ष सेवा अवधि पूरा गरेका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतलाई सम्मानित समेत गरिएको थियो ।
विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्थापना दिवसको अवसरमा भएका विभिन्न कार्यक्रमका उत्कृष्ट प्रतियोगिहरुलाई पुरष्कृत समेत गरिएको अस्पताल विकास समितिले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार