नेपालगञ्ज : केहि दिन यता कोहलपुर क्षेत्रमा सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै भएका टिकाटिप्पणी प्रति कोहलपुरलाई कर्मथलो बनाएर रिपोर्टिङ गरिरहेका पत्रकारहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
पत्रकार आचारसंहिताको न्यूनतम पालना समेत नगरी रिर्पोटिङका नाममा हुलहुज्जत गरी डर त्रास फैलाउने गरिएका उत्छृडखल गतिविधि गर्नु नपर्ने कुरा सम्वन्धित सवैलाई जानकारी गराउँदै उनीहरुले विज्ञप्ति जारी गरेका छन्ं । पत्रकार आचारसंहिताभित्र मिडियाकर्मीले आमनागरिकलाई भयभित बनाउने कर्म नभई कसैको मान हानि गर्ने र असम्वन्धित पक्षलाई जोडेर बदनाम गर्ने कार्य गर्न नहुने भन्ने कुरामा आफुहरु पूर्णरुपमा सचेत रहेको विज्ञप्तिमा भनिएको छं ।
पत्रकार वा सञ्चार माध्यमले सुचना वा जानकारी संकलन, संप्रेषण सभ्य र सिष्ट तवरले गर्नुपर्ने सत्यतथ्य र सन्तुलित हुनुपर्ने सवालमा आफुहरु सचेत रहेको उनीहरुले स्पष्ट पारेका छन् । महिला बालबालिकाको हकमा संवेदनशिल हुनुपर्ने पत्रकार आचारसंहितामा स्पष्ट उल्लेख विषय भएकाले पत्रकारको पेशागत मर्यादामा आँच नपुग्ने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी सञ्चार कर्म गर्न सवैमा अपिल गर्दछौं आज जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमार्फत सामाजिक सञ्जालमा आएका विषयलाई लिएर पत्रकारिता क्षेत्र र पत्रकारहरुप्रति नकारात्मक टिकाटिप्पणी नगरिदिनहुन समेत अपिल गरिएको छं ।
पछिल्ला केही दिन यता साहारा टिभि एचडी नामक फेसवुक पेजमा आएका सामग्रीका विषयमा समग्र पत्रकारिता क्षेत्रलाई समेत जोडेर गरिएका टिकाटिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ । साहारा टिभी एचडी केवल सामाजिक सञ्जालमात्रै भएकाले यसैमा प्रकाशित सामग्रीलाई कोहलपुरको आमपत्रकार र पत्रकारितासँग जोडेर नबुझीदिनुहुन पनि सबैलाई अनुरोध गरिएको छं ।
साहारा टिभीमा प्रकाशित गतिविधि र सामग्रीप्रति समग्र आमसञ्चार क्षेत्रले दायित्ववोध नगर्ने, सोहि अनुसारको कानुन आकर्षित हुने र स्वयम् जिम्मेवार तथा भागिदार हुनेमा निःसन्देह रहेको आग्रह गर्नुका साथै कोहलपुरको व्यावसायिक पत्रकारिताका सवालमा हामी प्रतिवद्ध रहेको स्मरण गराउन चाहान्छौं विज्ञप्तिमा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार