धनगढी : कैलाली प्रहरीले जुवा खालबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ।
विशेष सूचना पाएर जिल्ला प्रहरी कैलालीबाट खटिएको टोलीले जिल्लाको बर्दगोरिया गाउँपालिका–३ स्थित जीवन खत्रीको घरमा छापा मार्दै ११ जना जुवाडेलाई पक्राउ गरेको हो।
सोमबार बिहान २ बजे प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा घर मालिकसहित बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सुर्खेत चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
प्रहरीले जुवा खालबाट ६२ हजार ८५५ रुपैयाँ ,११ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेर जुवा ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरेको जनाएको छ।
2025-01-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार