Listen LIVE

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख नं. को बसले कोहलपुरबाट दाङतर्फ जाँदै गरेको भे १३ प ११८३ नं. को मोटरसाइकललाई राप्तीसोनारी गाउँपालिका–१ स्थित अगैया नजिक सडकमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका कन्चनपुर घर भएका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा आज बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

ठक्कर दिने बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके  र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया