नेपालगञ्ज : बैजनाथ गाउँपालिका भित्रका विद्यालयमा आधारभूत तह -कक्षा ८) को परिक्षा सुरु भएको छ । गाउँपालिका भित्रका सबै केन्द्रमा एकै साथ परिक्षा सुरु भएको हो ।
परिक्षाको पहिलो दिन शान्तिपुर्ण रुपले सम्पन्न भएको शिक्षा शाखाले जनाएको छ । परिक्षा सुरु हुनुअघि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालले नगर प्रहरीलाई ८ वटा परीक्षा केन्द्रका लागि प्रश्न पत्र हस्तान्तरण गरेका थिए ।
बैजनाथमा आधारभूत तहको परिक्षालाई शान्तिपुर्ण गराउन नगर प्रहरीलाई जिम्मा दिइएको छ । नगर प्रहरीले परिक्षा केन्द्रलाई भय रहित वातावरणमा सम्पन्न गराउन सहयोग गरिरहेका छन् ।
गाउँपालिका अध्यक्ष शाहीले परिक्षालाई शान्तिपुर्ण र भय रहित वातावरणमा परिक्षा सम्पन्न गराउन आवश्यक भुमिका निभाउन नगर प्रहरीलाई निर्देशन दिएका छन । आधारभुत तहको परिक्षा बैजनाथ सहित जिल्लाभर सुरु भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार