नेपालगञ्ज : बाँके नेपालगन्जस्थित हिन्दु धर्मावलम्बीहरूको प्रमुख शक्तिपिठ बागेश्वरी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले हिन्दु धर्मावलम्बीहरूको प्रमुख शक्तिपिठ बागेश्वरी मन्दिरमा आज बिहान फूलपाती भित्र्याएको हो ।
सो टोलीले बिहानै बागेश्वरीमा फूलपाती चढाएर पूजापाठ गरेको थियो । त्यस अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, सबै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
आजकै दिन हिन्दु धर्मालम्वीहरुले घर घरबाट फूलपाती ल्याएर बागेश्वरी मन्दिरमा चढाउने र मन्दिरबाट फूल टिका लिएर आ–आफ्नो घरमा भित्र्याउने चलन रहिआएको छ ।
2024-10-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार