नेपालगञ्ज : नेपालगञ्जमा दुई दिने रोजगार मेला सञ्चालन हुँदै छ । नेपालगञ्जको सिद्धार्थ कटेजमा भोली विहान १० देखि बेलुका ५ बजेसम्म दुई दिन सञ्चालन हुने मेलामा उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टाछुट्टै संवाद हुने आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
रोजगार मेलामा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपाकिा, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा सहकार्य रहेको छ ।
संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा आज भएको पत्रकार सम्मेलनमा मेलामा ३५ वटा स्टल रहने जानकारी दिइएको छ । सबै स्टल निःशुल्क उपलब्ध गराइएको मेलाबाट कम्तिमा १०० जनाले रोजगार पाउने संघले अनुमान गरेको छ ।
रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिबीच सिधा सम्पर्क हुने भएकोले पनि मेलालगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने संघले अपेक्षा गरेको छ । रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने संघले प्रतिबद्धता जनाएको छ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्न तत्पर रहेको संघले जनाएको छ ।
रोजगार मेलाको अवलोकन गर्नुका साथै सहभागिता जनाएर प्रचारप्रसार गरेर सफल पार्न पत्रकार, उद्योगी, व्यवासायीलगायत सबै सरोकारवालासँग संघले अपिल गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार