Listen LIVE

प्युठानमा युवक मृत फेला

प्युठान : प्युठानमा एक जना युवक मृतक फेला परेका छन् । गौमुखी गाउँपालिका वडा ६ लिवाङका २६ वर्षीय प्रकाश सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

लिवाङको कोटघरदेखि तल मोटरबाटोमा सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीेले जानकारी दिए । मृतकको टाउकोमा चोट देखिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक केसीले बताए । 

घटना मंगलबार राती भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीलाई विहान करीव ६ बजे सूचना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको केसीले बताए ।

प्रतिक्रिया