हुम्ला : स्काभेटर दुर्घटना हुँदा हुम्लामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको चंखेली गाउँपालिका–२ लोतीमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको स्काभेटर दुर्घटनामा मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन कामी र ४५ वर्षीय परबल कामी रहेका छन् ।
दुर्घटनामा चालकको अवस्थ सामान्य रहेको प्रहरीले जनाएको छ भने चालकलाई नियन्त्रणमा लिएको छ।
हुम्ला प्रहरीले दिएको जानकारी अनुसार गए राति उक्त स्काभेटर सडकबाट १ सय मिटर तल खसेको थियो।
2025-04-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार