नेपालगञ्ज : नेपालगञ्जमा गुणस्तरीय खानेपानी आपूर्ति गर्ने लक्ष्यसहित निर्माण भइरहेको ‘राप्ती खानेपानी आयोजना’ करिब ९० प्रतिशत सम्पन्न भएको छ ।
तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा स्वीकृत आयोजना सात वर्षदेखि ढिलाइमा परेको थियो । सुरुका वर्षमा नेपालगञ्ज उपमहानगरपालिकाको असहयोग र निर्माण कम्पनीहरूको लापरबाहीका कारण काम अघि बढ्न सकेको थिएन ।
आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआई’ पाइप बिछ्याउने कार्य पूरा भएको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल आयोजनाका लागि आवश्यक १९ कट्ठा जग्गा अधिग्रहण प्रक्रियामा विवाद उत्पन्न भएकाले केही काम रोकिएको छ ।
कुल ३३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनामा १६.८ किलोमिटर ‘डिआई’ पाइप बिछ्याउने योजना भएपनि फुलटेक्रादेखि बागेश्वरी पानी ट्याङ्कसम्मको २.९ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने कार्य स्थगित गरिएको छ ।
राप्तीबाट ल्याइएको पानी कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्याङ्कमार्फत उपभोक्तासम्म पुर्याइनेछ । यसका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार