नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ ।
क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गरेका थिए ।
युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए ।
सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत रुपमा छलफल तथा अन्तरक्रिया गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीक, अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर प्रमिशा थारूले बैठकमा सहजीकरण गरेकी थिइन् ।
सो अवसरमा युवा राजदूतहरूले प्रस्तुत गर्नु भएका योजनाहरुमा बिस्तृत रुपमा छलफल गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाईएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार