नेपालगञ्ज : मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् ।
मङ्गलबार नेपालगञ्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले हराएकामध्ये ४०७ जना फेला परेको जानकारी दिए ।
माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक कोइरालाले भने, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवतीको समेत उद्धार गरिएको छ । उनी इन्स्टाग्राममा चिनजान भई त्यसतर्फ जान लागेको माइती नेपालले जनाएको छ ।
माइती नेपालका अनुसार सन् २००२ यता नौ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेकोमा दुई हजार ३२३ जना मात्रै फेला परेका छन् ।
भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्यस्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकाको सीमाबाट उद्धार, पारिवारिक पूनर्मिलन, श्रम तथा यौन शोषणमा परेकाको उद्धार लगायतका काम गर्दै आएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार