Listen LIVE

जेन्जी आन्दोलनमा ज्यान गुमाएका नेपालगञ्जका दुबै युवाको दाहसंस्कार

नेपालगञ्ज : ‘जेन–जी’ आन्दोलनको क्रममा काठमाण्डौमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा  दाहसंस्कार गरिएको हो ।

सुलभराज र आयुषको शव शुक्रवार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ गएका थिए भने सुलभराज काठमाण्डौको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए ।

शुलभराजको शुक्रबार साँझ अन्त्येष्टि गरिएको थियो भने आयुषको आज अन्त्येष्टि गरीएको हो । अन्त्येष्टि गर्नु पूर्व दुबै जनाको शवलाई नगर परिक्रमा गरेर श्रद्धाञ्जली अर्पण गरीएको थियो ।

प्रतिक्रिया