Listen LIVE

नौबस्ता बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण

नेपालगञ्ज : कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको नौवस्तामा अवस्थित कारागार एवं बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेको छ। 

कारागारका कैदीबन्दी र बाल सुधारगृहमा रहेका बालबन्दीलाई समय बिताउनुका साथै ज्ञान प्राप्त गर्न सहज होस् भन्ने उदेश्यले दुई हजार पाँच थान विभिन्न पुस्तक हस्तान्तरण गरिएको होे। 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले नौवस्ता कारागारका प्रमुख काँसीप्रसाद पंगेनी र नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम रानालाई  पुस्तक हस्तान्तरण गरे।  

सो अवसरमा पुस्तक अध्ययनबाट कैदीबन्दी र बालबन्दीमा सकारात्मक सोच आउने जनाउँदै यसबाट उनीहरुको मानसिक विकास हुने अध्यक्ष शाहीले बताए। 

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष भट्टराईले कारागारमा रहेका कैदीबन्दीको मानसिक विकास र समयको सदुपयोग निकै महत्त्वपूर्ण हुने हुँदा पुस्तकले उनीहरूको सोचमा नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे। 

नौबस्ता कारागार कार्यालयका प्रमुख पंगेनीले पुस्तक ग्रहण गर्दै पुस्तक अध्ययनले समयको सदुपयोगसँगै कैदीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्ने बताए।

प्रतिक्रिया