पाल्पा : पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उहाँहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
2025-02-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार