Listen LIVE

बयलगाडामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

बर्दिया : नेपालगञ्जबाट कैलालीका लागि छुटेको मोटरसाइकल गुलरिया नगरपालिका–११ भादापुल नजिक बयलगाडा (लडिया) सँग ठोक्किदा एक महिलाको ज्यान गएको छ । घटनामा उनका श्रीमान् र छोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

तीनजना सवार भे १२ प ७०५५ नम्बरको मोटरसाइकल बिहीबार राति बयलगाडासँग ठोक्किदा कैलाली भजनी नगरपालिका–१ की ३० वर्षीया सपना सुनार गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए । मोटरसाइकल चालक सपनाका श्रीमान् ३६ वर्षीय चञ्चल सुनार र छोरी ५ वर्षीया कृष्णा सुनार गम्भीर घाइते भएको उनले जनाए । घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रतिक्रिया