Listen LIVE

नेपालगञ्जमा चैत चार गतेदेखि फोटो प्रदर्शनी हुने

नेपालगञ्ज : नेपालगञ्जमा हुन लागेको ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी फोटो प्रदर्शनीको तयारी तीब्र पारिएको छ । फोटो सर्कलको आयोजनामा आगामी चैत ४ देखि ६ गतेसम्म स्थानीय रामलिला मैदानमा प्रदर्शनी हुँदैछ ।

उक्त प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । फोटो प्रदर्शनीबारे बिहीबार नेपालगञ्जका सरोकारवालासँगको छलफल तथा भेटघाट गरिएको छ । फोटो सर्कलका को–फाउण्डर नयनतारा गुरुङले प्रदर्शनीलाई सफल बनाउन स्थानीय सरोकारवालाको भुमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताइन ।

सो क्रममा लुम्बिनी प्रदेश सभाका सांसद मिना श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, फातिमा फाउन्डेशनका अध्यक्ष मैमुना सिद्दिकी, सामाजिक अगुवा, महिला अगुवा, पत्रकार तथा सञ्चारकर्मी लगायतले सुझाव दिएका छन् ।

प्रतिक्रिया