नेपालगञ्ज : दाङको लमही नजिक बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
आज बिहान लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८० २९४० नम्बरको मोटरसाइकल लमही नगरपालिका ६ बेलदमारमा दुर्घटना हुँदा घोराहीस्थित नवलपुरका २२ वर्षीय श्रवण कुमार पुन र घोराही ४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतक पुन मोटरसाइकल चालक र केसी पछाडि सवार रहेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीका अनुसार आज बिहान सवा ७ बजे लमहीदेखि ५ किलोमिटर उत्तरमा रहेको बेलदमारमा मोटरसाइकल दुर्घटना भएको र उनीहरु गम्भीर अवस्थामा फेला परेका थिए । तत्कालै उनीहरुको उद्धार गरी लमही अस्पताल लगिए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए । प्रहरीले उक्त मोटरसाइकल आफैं दुर्घटनामा परेको वा अन्य सवारीसाधनले ठक्कर दिएको भन्ने बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार