Listen LIVE

राजापुरमा चितुवाको आक्रमणमा एक जना घाइते

बर्दिया : राजापुर नगरपालिका–१० कर्मनीमा चितुवाको आक्रमणमा परि एक जना घाईते भएका छन् । 

सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तु भाउ चराएर फर्किने बेला शनिबार बेलुकी घर नजिक आक्रमणमा परेका हुन् ।

वस्तु भाउ बाँधेर घर फर्कने बेला चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएको सव डिभिजन वन कार्यालय, राजापुरका वरिष्ठ वन अधिकृत सुनिल आचार्यले जनाए ।

चितुवाको आक्रमणमा दुबै खुटटा र बाँया हातको औलामा चोट लागेको उनले बताए । उनलाई प्राथमिक अस्पताल, राजापुरमा उपचारको लागि लगिएको थियो ।

त्यहाँबाट उनलाई थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया रेफर गरिएको वरिष्ठ वन अधिकृत आचार्यले बताए ।

प्रतिक्रिया