Listen LIVE

अल्फाबिटाले नेपालगञ्जमा शाखा विस्तार गर्दै

नेपालगञ्ज : नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । आगामी आइतबार अल्फाबिटाले नेपालगञ्ज उपमहानगरपालिकास्थित धम्बोजीमा सेन्टरको उदघाटन गर्ने भएको हो । 

काठमाण्डौ उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगञ्जमा आफ्नो उपस्थिति देखाउने भएको हो ।

सोही दिन ‘इन्टरनेशनल एड्मिसन डे’ पनि आयोजना हुनेछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यो मेलामा विभिन्न देशका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेशनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने मौका पाउनेछन् ।

विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नो विशेषताको रुपमा स्थापित गरेको छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया