सल्यान : सल्यानको कपुरकोटमा फेला परेको ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । कपुरकोट गाउँपालिका ४ किमिचौर स्थित रिपिटर टावर नजिकै ग्रिनेट बम फेला परेको थियो ।
झाडी सरसफाई गर्ने क्रममा स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
द्धन्द्धकालमा आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरको सुरक्षा गर्दै आइरहेको थियो । सोही क्रममा उक्त ग्रिनेट छुटेको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ । ग्रिनेटमा खिया लागि सकेकाले यस्तो अनुमान गरिएको बस्नेतले बताए ।
2025-01-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार