Listen LIVE

नेपालगञ्जमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ हुँदै

नेपालगञ्ज : नेपालगञ्जमा माघ ३० गते स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हुँदैछ । आज पत्रकार भेटघाट कार्यक्रममार्फत यसबारे जानकारी गराइएको छ ।

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा रामलिला मैदानमा परीक्षा आयोजना गरिएको कार्यक्रम संयोजक खड्ग बहादुर बोहराले जानकारी दिए । विद्यार्थीहरुलाई संस्कार र संस्कृतिको ज्ञान दिने उद्देश्यका साथ आयोजना गरिएको परीक्षामा यस बर्ष दुई हजार बढी विद्यार्थी सहभागी हुने हिन्दु स्वयंसेवक संघ भेरी विभागका प्रमुख अधिबक्ता रामकुमार दिक्षितले बताए ।

परीक्षामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । त्यसका लागि हिन्दु स्वयंसेवक संघले प्रकाशन गरेको संस्कृति ज्ञान परीक्षा पुस्तक दर्ता गर्नुपर्ने नारायण माविकी शिक्षिका कृष्णादेवी पाण्डेले बताइन् । त्यही पुस्तकमा समेटिएका विषयबस्तुका आधारमा बस्तुगत प्रश्न सोधिन्छ । परीक्षामा प्रथम हुनेलाई प्रथम, द्वितीयलाई १० हजार र तृतीय स्थान प्राप्त गर्नेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने हिन्दु स्वयंसेवक संघ भेरी विभागका प्रमुख विकुल दाहालले बताए ।

हिन्दु स्वयंसेवक संघ नेपालले असल, चरित्रवान् र संस्कारी नागरिक उत्पादन गर्ने उद्देश्यले विगत १० बर्षदेखि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्दै आएको कार्यक्रम सह–संयोजक सन्त कुमार बर्माले बताए ।

प्रतिक्रिया