Listen LIVE

बाँकेमा भन्सार छलिको लत्ताकपडा बरामद

नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान जमुनाहा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायब निरीक्षक रविन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहा गाउँबाट लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य ८९ हजार ९ सय बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

प्रतिक्रिया