Listen LIVE

दाङमा राप्ती नदी तर्ने क्रममा बालिकाको मृत्यु

दाङ : दाङमा राप्ती नदिले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। राजपुर गाउँपालिका ३ कालिपुरुवा निवास राज कुमार यादवको छोरी वर्ष १६ कि विद्यावति यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

बुधबार साँझ ६ः १५ बजे भैँसी चराई घर फर्किने क्रममा राप्ती नदी भैँसी तराउने क्रममा नदिले बगाउँदा यादवको मृत्यु भएको हो । यादवको लास लमही नगरपालिका वडा नं ८ धनपुरुवा राप्ती नदी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

नदिले बगाएको सूचनाको आधारमा प्रहरी र स्थानीयको टोली खोजतलास गर्दा यादवको लास धनपुरुवा राप्माती नदी घाटमा घोप्टो परेको अवस्थामा भेटिए प्रहरीले जानकारी दिएको छ।  

प्रतिक्रिया