Listen LIVE

नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा आइसीपीमा वृक्षारोपण

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले नेपालगञ्ज एकीकृत भन्सार जाँच चौकीमा चार सय वटा बोटविरुवा वृक्षारोपण गरेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले सुरु गरेको वृक्षारोपण अभियान अन्तर्गत संविधान दिवस पारेर एकीकृत भन्सार जाँच चौकी (आइसीपी)मा वृक्षारोपण गरेको संघका महासचिव भीम बहादुर रानाभाटले जानकारी दिएका छन् ।

‘करिब ४ सय वटा विभिन्न जातका बोट, विरुवा वृक्षारोपण गरिएको हो’, महासचिव रानाभाटले भने ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल, सशस्त्र प्रहरी नायब उपरीक्षक, डिभिजन वन अधिकृत, नेपालगञ्ज उद्योग वाणिज्य संघ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया