गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आइतबारदेखि शुक्रबारसम्म नौ लाख २१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था नविकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व सङ्कलन गरिएको हो । जसमा राहदानीबाट नौ लाख दस हजार रुपैयाँ, संस्था नविकरणबाट एक हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट दस हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पछिल्लो एक हप्तामा हातहतियार नविकरण तथा नामसारी भएको छैन ।
यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट १२५ जनाले नयाँ नागरिकता लिनुभएको उनले जानकारी दिए । १६१ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाएका छन् । एक हप्तामा नाबालक परिचयपत्र ६ जनाको गराइएको छ । राहदानी आवेदन सङ्कलन १७५ र राहदानी वितरण २६५ जनाको गरिएको छ ।
राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३३० जना, राष्ट्रिय परिचयपत्र वितरण २१५ जना, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ जनाको गरिएको छ । यो साता दुई संस्था नविकरण गरिएको छ । प्रशासनले एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि नै सार्वजनिक गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार